शुक्रबार, १२ माघ २०८०
10252 views
10252 views
काठमाडौँ । यसपालिको चिसो बल्ल भइरहेको छ ।
काठमाडौँ उपत्यकामा त यस वर्षकै सबैभन्दा कम तापक्रम बिहीबार र शुक्रबार मापन गरिएको छ । दुवै दिनको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
मौसम नै बदलिने गरी पानी पर्ने सम्भावना नरहेको अवस्थामा चिसो अझै बढ्ने र तत्काल चिसो हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँको अधिकतम तापक्रम पनि घटेर १६.६ डिग्रीमा झरेको छ । उपत्यका बाहिरको तापक्रम पनि घट्दो क्रममै रहेको छ । तराईमा शीतलहर चलेको छ ।
सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.२ डिग्री रहेको छ । त्यस्तै दिपायलमा १.९, डडेलधुरामा २.१, वीरेन्द्रनगरमा २.६, ताप्लेजुङमा ३, घोराहीमा ५, सिमरामा ५.६, धनगढीमा ६, भैरहवामा ६.९ तथा पोखरामा ७ डिग्री रहेको छ ।
अधिकतममा सबैभन्दा कम भैरहवामा १२.१, सिमरामा १२.२ तथा जुम्लामा १२.३ डिग्री रहेको छ । अधिकतम भने दिपायलमा २२ डिग्री सेल्सियस रहेको छ ।