७ कार्तिक २०८१, बुधबार

ताजा खबर

तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ

नागरिक पोष्ट

बिहीबार, ११ माघ २०८०

7923 views

7923 views

तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ

काठमाडौं । नेपाल चाइना  चेम्बर अफ कमर्स ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदुताबासको सयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ ।
बिहीबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सो कार्यको सुभारम्म गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ ले सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो । निर्यातको शुभारम्भ गर्दे शुरुवाती चरणमा खाद्यान्न निर्यात गरिने आयोजकले जनाइएको छ।

उद्घाटनको क्रममा वाणिज्य सचिवले यो कार्यका लागि आफू निकै हर्सित भएको तथा यसबाट अहिले आयातमुखी स्थिति क्रमश घटेर जाने र नेपाली सामानले विश्वसामु आफ्नो पहिचान बनाऊन सक्ने विश्लेषण गर्नुभएको छ साथै वस्तु तथा सामान नेपालबाट चीन हुँदै जापान पठाउन लागिएको जानकारी गराउनुभयो  । यस्ता कार्यमा कुनैपनि प्रकारको सहजीकरण गर्न मन्त्रालय सदैव तत्पर रहने उहाँले बनाउनु भयो।

त्यसैगरी चिनियाँ राजदूत सोङ ले नेपालमा उत्पादन भएका सामानहरू निर्यात गर्न हर प्रकारको सहजीकरण गर्ने बताउनु भएको छ । यो कार्य राजदूत सोङकै अगुवाइमा सम्पूर्ण कुराहरू चीनले व्यबाथापन गरी शुरू गरिएको र जापानी सरकारका प्रतिनिधिलाई सोङ आँफैले भेटी यस कार्य प्रारम्भमा सघाउ पुर्याउन आफैले अग्रसरता देखाएको र नेपालको विकासका लागि सदैव आफू अग्रणी स्थानमा रहने बताउनु भयो।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तेस्रो मुलुकमा सामान निर्यातले राम्रो कार्य प्रारम्भ भएको र पर्यटन प्रबर्दन सहित नेपालको समग्र विकासमा चिनियाँ सहित अन्य मुलुकको सहयोगको आशा रहेको बताउनुभएको छ ।

यस्तै नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले मुलुकमा व्याप्त आयात लाई प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्न यो गतिलो उदाहरण रहेको र चीनले नेपालको विकास तथा समृद्धिको लागि हर कुरामा सहयोग गर्ने र सहकार्य गर्ने जनाएपनि सरकारको प्राथमिकतामामा नपर्ने दुखेसो दर्साउनु भयो । यद्यपी नेपाली मुलुका सामान विश्वमै राम्रो मानिएपनि निर्यातका लागि असजिलो नीति भएका कारण सर्वप्रथम निर्यात नीति सजिलो उत्साहजनक भए मुलुकले वैदेशिक मुद्रा आर्जन गर्ने गतिलो स्थान हुने उहाँको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?