७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रदीप परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा हाजिरी भए

नागरिक पोष्ट

बुधबार, १० माघ २०८०

9402 views

9402 views

प्रदीप परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा हाजिरी भए

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले पद बहाली गरेका छन् । माघ ३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार परियार राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौं महानगरपालिकाको जिम्मेवारीमा गएका हुन् । यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएका थिए ।
पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा उनले, वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए । सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौंले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?