७ कार्तिक २०८१, बुधबार

ताजा खबर

माघ २२ गते संसद्काे हिउँदे अधिवेशन बाेलाउन सरकारकाे सिफारिस

नागरिक पोष्ट

मंगलवार, ९ माघ २०८०

6784 views

6784 views

माघ २२ गते संसद्काे हिउँदे अधिवेशन बाेलाउन सरकारकाे सिफारिस

काठमाण्डौ – सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते दिउँसो ४ बजे सङ्घीय दुवै सदनको संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?