७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपालको कुल ऋण पौने २४ खर्ब पुग्यो, ६ महिनामै ८५ अर्ब ऋण थपियो

नागरिक पोष्ट

मंगलवार, ९ माघ २०८०

8042 views

8042 views

नेपालको कुल ऋण पौने २४ खर्ब पुग्यो, ६ महिनामै ८५ अर्ब ऋण थपियो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा  नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यसमध्ये आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब चार करोड २२ लाख र बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख बराबर हो ।

गत आर्थिक वर्ष २०७९र८० मा नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो। अर्थात् चालु आवको ६ महिनामा मात्र ८५ अर्ब १३ करोड बराबर सार्वजनिक ऋण थपिएको छ।

ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?