सोमबार, ८ माघ २०८०
7311 views
7311 views
काठमाडौँ । आज प्रिओपन सेसनमा नेप्से सूचक १।६२ अंकले घट्यो । योसँगै सूचक २१२८।५६ अंकमा झर्यो ।
सेसन अवधिमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको थियो ।