७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अर्थतन्त्रमा क्रमिक रुपमा सुधार हुँदै गएको छ : गर्भनर अधिकारी

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

6971 views

6971 views

अर्थतन्त्रमा क्रमिक रुपमा सुधार हुँदै गएको छ : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका 
उनले समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रुपले हेर्ने गरेको साथै निर्माण सुस्त भएका कारण ठूला उद्योगमा असर परेको भएता पनि अर्थतन्त्र सोचेजति नकारात्मक नभएको दावी गरे ।

गर्भनर अधिकारीले बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेका भन्दै भने, ‘बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेको छ । समग्र माग चाहीं अलिक कमजोर भइरहेको छ । हाम्रो अर्थतन्त्रमा जसको फलस्वरुप प्रचुर रुपमा माग भएको छैन् । माग छैन भन्दैमा जथाभावी दिनपनि भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?