७ कार्तिक २०८१, बुधबार

ताजा खबर

२९ हजार नक्कली लाइसेन्स, खारेज गर्न मन्त्रालयद्वारा आलटाल

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

6308 views

6308 views

२९ हजार नक्कली लाइसेन्स, खारेज गर्न मन्त्रालयद्वारा आलटाल

काठमाडौं, ८ माघ । यातायात व्यवस्था विभागले विगतका विभिन्न समयमा गैरकानुनी किसिमले तयार गरी बिक्री गर्न ठिक्क पारिएका झण्डै २९ हजार सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० खारेजीको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले विभागको छानबिनबाट ती लाइसेन्स अवैध भएको पुष्टि भएकाले खारेज गर्नुपर्ने प्रस्ताव गर्दै मन्त्रालयमा फाइल पठाउनुभएको हो। तर, मन्त्रालयले भने ती लाइसेन्सहरू खारेज गर्न आलटाल गर्दै आइरहेको छ। गैरकानुनी किसिमले तयार पारी बिक्री वितरण गर्न ठिक्क पारिएका ती लाइसेन्सहरू तत्काल खारेज गर्न विभागले मन्त्रालयलाई प्रस्ताव गरेको हो।

त्यसरी गैरकानुनी किसिमले तयार पारिएका विभिन्न वर्गका लाइसेन्सहरू वितरण प्रणालीमा प्रविष्ट भइसकेका छन्। ती लाइसेन्सहरू जुनसुकै समयमा पनि बिक्री वितरण हुन सक्ने भन्दै विभागले छिटोभन्दा छिटो खारेज गर्नुपर्ने भन्दै सो प्रस्ताव मन्त्रालयमा पठाए पनि मन्त्रालयले खारेज गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?