७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्ने सूचना

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

8943 views

8943 views

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्ने सूचना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । 
कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका ९रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ र ७७ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मात्र० परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनिएको छ । सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न पनि सूचित गरिएको छ । 

हेर्नुस् सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?