३१ भाद्र २०८१, सोमबार

ताजा खबर

अमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

6359 views

6359 views

अमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु

ह्युस्टन । अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा रहेको एक भाडाको घरमा आइतबार बिहान भएको गोली काण्डमा कम्तीमा तीन जनाको मृत्यु  भएको छ । साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्।

 ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा  कम्तिमा पाँच जनालाई गोली लागेको थियो ।

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एक जना पुरुष र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसैगरी गोली लागेका अन्य दुई जना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?