आईतवार, ७ माघ २०८०
9878 views
9878 views
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा बिक्री वितरण गर्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिने कामलाई अघि बढाएको छ।
आइतबार महानगरले सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलले बताएको छ ।
प्रहरीका अनुसार अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्का, पान(पराग चुरोटलगायत सबै किसिमका सुर्तीजन्य पदार्थ नियन्त्रण लिने काम गरिरहेको छ।