७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजारले आवेदन दिए

नागरिक पोष्ट

आईतवार, ७ माघ २०८०

8195 views

8195 views

काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजारले आवेदन दिए

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । महानगरले आर्थिक वर्ष २०८० ८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । 
महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम, ज्यालादर, कामको प्रकार, फोन नं र श्रमिकको ठेगानालगायतका विवरण उल्लेख गरिएको हुन्छ । यसरी सूचीकृत भएका श्रमिकलाई आवश्यकताअनुसार जोसुकैले पनि सीप क्षमताका आधारमा काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्न सक्नेछन् । चालु आवका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने हुन्छ ।

आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । श्रमिकले फारम भर्दा उक्त फारम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्छ । श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ । यसरी आवेदन आएका र दक्ष कामदारलाई महानगरले नियमित रूपमा काममा खटाइरहेको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?