८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य संस्थाहरुलाई सूचीकरण हुन आउन आह्वान

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

8722 views

8722 views

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य संस्थाहरुलाई सूचीकरण हुन आउन आह्वान

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्थानीय तह र प्रदेशबाट सञ्चालित स्वास्थ्य संस्था तथा औषधालयहरुलाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि सूचीकरण हुन आउन आह्वान गरेको छ।

सूचीकरणका लागि आवश्यक कागजपत्र

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पताल सञ्चालन गर्ने अधिकारिक निर्णयको प्रमाण वा सम्बन्धित स्थानीय तहको कार्यपालिकाले स्वीकृति गरेको निर्णय।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट ५।१०।१५ शय्याका लागि स्वीकृत गरेको दरबन्दीअनुसारको जनशक्ति व्यवस्थापनको प्रमाण।
  • अस्पतालको चिकित्सकिय सेवा, प्रयोगशाला सेवा, इमेजिङ सेवा (एक्स–रे, अल्ट्रा साउन्ड) को सुनिश्चितता भएको हुनुपर्ने।
  • आवश्यक भौतिक पूर्वाधार, औजार एवं बेडको उपलब्धता।
  • अस्पतालको आफ्नै फार्मेसी सेवा सञ्चालनमा रहेको प्रमाण।
  • विद्युतीय चिकित्सा अभिलेख प्रणाली इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड सिस्टम (ईएमआर) लागू भएको।
  • संस्थाको प्यान नम्बर, आधिकारिक सम्पर्क नम्बर र ई–मेल।
  • सम्बन्धित स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन भएको हुनुपर्ने।
  • न्यूनतम सेवा मापदण्डको (एमएसएस) स्कोरसहितको प्रतिवेदन।
  • अस्पतालमा आधारभूत सरसफाइ एवं फोहोरमैलाको व्यवस्थापनको उचित प्रणाली।
  • अस्पतालमा कार्यरत कर्मचारीहरुको तलबभत्ता बैंकमार्फत उपलब्ध गराएको प्रमाण र आफ्नै बैंक खाता सञ्चालन भई नाम उल्लेख भएको चेकको प्रतिलिपि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?