८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

नागरिक पोष्ट

बिहीबार, ४ माघ २०८०

4557 views

4557 views

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। हाल उनी किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन्। उनी २०७९ साउनमा किसान लघुवित्तको सीइओ नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?