८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

काठमाडौंमा मेलम्चीको पानी वितरण शुभारम्भ प्रधानमन्त्री प्रचण्डले गर्ने

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

5696 views

5696 views

काठमाडौंमा मेलम्चीको पानी वितरण शुभारम्भ प्रधानमन्त्री प्रचण्डले  गर्ने

काठमाडौं ।  मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ । सोही अनुरुप २०८० माघ १ गते देखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?