९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

हिमालयन बैंकको ३१ औ साधारण सभा सम्पन्न, अध्यक्षमा प्रचण्ड सर्वसम्मत

नागरिक पोष्ट

आईतवार, २९ पुष २०८०

13669 views

13669 views

हिमालयन बैंकको ३१ औ साधारण सभा सम्पन्न, अध्यक्षमा प्रचण्ड सर्वसम्मत

काठमाडौं– हिमालयन बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्पन्न उक्त साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभामा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेकको जानकारी गराए  । उनले बैंकले आर्थिक वर्ष २०७९/ ०८० को अन्त्य सम्म प्राप्ति सहित २ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको समेत बताए । 
उक्त सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्विरोध निर्वाचित भएको तथा सर्वसाधारण शेयरधनीको तर्फबाट  आशिष शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।

त्यसैगरी बैंकको आजै बसेको संचालक समितिको बैठकले नव नियुक्त संचालक मध्ये प्रचण्ड बहादुर श्रेष्ठलाई सर्वसम्मत रूपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ । नवनिर्वाचित संचालकहरुलाई बधाई दिँदै बैंकको अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधालाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर  प्रयासरत रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?