६ पुष २०८१, शनिबार
ताजा खबर

पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

नागरिक पोष्ट

आईतवार, ३० मंसिर २०८१

1089 views

1089 views

पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

काठमाडौं । पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर रहने भएको छ । २० वटा वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार ६ वटाले ब्याजदर परिवर्तन गरेका छन् भने बाँकी १४ वटाको भने स्थिर रहेको छ ।

पुस महिनाका लागि कृषि विकास, प्राइम कमर्सियल र एनएमबि बैंकले भने व्यक्तिगततर्फको मुद्दतीमा ब्याजदरमा केही प्रतिशतले वृद्धि गरेका छन् । जसमा प्राइम कमर्सियल बैंकले मंसिर महिनामा व्यक्तिगत मुद्दतीतर्फ रहेको ५.५७ प्रतिशत ब्याजदरलाई वृद्धि गरेर पुस महिनाका लागि ६.२५ प्रतिशत पुर्‍याएको छ भने एनएमबि बैंकले ५.७५ प्रतिशतबाट ६.६ प्रतिशत पुर्‍याएको छ ।


कृषि विकास बैंकले पनि मंसिर महिनाको तुलनामा पुसका लागि व्यक्तिगत तर्फको मुद्दतीमा झिनो अंकले ब्याजदर वृद्धि गरेको छ । बैंकले मंसिर महिनामा ५.५३ रहेको ब्याजदरलाई पुस महिनाका लागि ५.५७ प्रतिशत पुर्‍याएको हो ।

पुस महिनाका लागि तीन वटा बैंकहरूले ब्याजदर घटाएका छन् । जसमा, एनआइसी एशिया बैंकले मंसिर महिनामा कायम रहेको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ६.७९ प्रतिशतबाट घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।


त्यस्तै, सानिमाले मंसिर महिनामा कायम रहेको ६.१५ प्रतिशत ब्याजदरलाई घटाएर पुसका लागि ६.०५ प्रतिशत कायम गरेको छ भने नेपाल बैंकले पनि मंसिर महिनामा रहेको ५.९५ प्रतिशत ब्याजदरलाई ५.६ प्रतिशतमा कायम गरेको छ ।

पुस महिनामा एभरेष्ट, कुमारी, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, स्टान्डर्ड चाटर्ड, हिमालयन, एनआइएमबि, सिद्धार्थ, नबिल र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर भने मंसिर महिनामा कायम भएकै व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?