६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेश, लुम्बिनी र पुलिस क्लबको विजयी

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

7702 views

7702 views

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेश, लुम्बिनी र पुलिस क्लबको विजयी

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । काठमाण्डौको मूलपानी मैदानमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हरायो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई ६८ रनले हरायो । पुलिसले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ३ बलमा २ सय १४ रन बनाउँदा अलआउट भयो ।

भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हरायो । गण्डकीले दिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले २८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । लुम्बिनीका लागि म्रिनल गुरुङले ४७ रन बनाए ।

आजदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक राउन्ड रोविन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटक देखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?