७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एसईईमा ग्रेडिङ सिष्टम परिवर्तन: अबदेखि एसईई पास हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने

नागरिक पोष्ट

शुक्रबार, २७ पुष २०८०

6767 views

6767 views

एसईईमा ग्रेडिङ सिष्टम परिवर्तन: अबदेखि एसईई पास हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने

१२ कक्षा पास हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने 

एसईईमा ग्रेडिङ सिष्टम परिवर्तन

एसईईको नतिजा नन ग्रेडेड अर्थात् अवर्गीकृत नगरी प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अंक ल्याउनैपर्ने व्यवस्था गरेको छ । उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीले कक्षा १२ को बोर्ड परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने छ । नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएसँगै बोर्डले विद्यार्थीको मूल्यांकन अब ७ वटा समूहमा राखेर गर्ने छ ।

विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षामा उत्तिर्ण हुन विद्यार्थीले सैद्धान्तिकमा ३५ र आन्तरिक मूल्यांकन प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याए ती विद्यार्थी नट ग्रेडेड अर्थात अवर्गीकृत हुने छन् । शिक्षा मन्त्रालयले बनाएको नयाँ निर्देशिका राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयन ल्याउन लागेको हो । २०७४ सालबाट नौ वटा ग्रेडमा वर्गीकरण गरी नतिजा सार्वजनिक गर्दे आएको परीक्षा बोर्डले अवदेखि ३५ प्रतिशत र सोभन्दा माथि अंक ल्याउने विद्यार्थीको ग्रेडिङ हुने गरी मात्र नतिजा निकाल्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?