७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सेयर बजार ९.५० अंकले बढ्यो, नेप्से सूचक २१ सय बिन्दुलाई टेस्ट गर्दै

नागरिक पोष्ट

बिहीबार, २६ पुष २०८०

7974 views

7974 views

सेयर बजार ९.५० अंकले बढ्यो,  नेप्से सूचक २१ सय बिन्दुलाई टेस्ट गर्दै

काठमाडौं । सेयर बजारमा लगातार सुधारको क्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ९।५० अंक बढेको छ । आज ०।४५ प्रतिशतले बढेर नेप्से २०८९।६२ को विन्दुमा पुगेको छ ।
बुधबार एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९।६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।
आज ३०१ कम्पनीको कारोबार भएकोमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । तर, पाँच कम्पनीको सेयर मूल्यमा सर्किट स्तरमा कारोबार भएको नेप्सेले जनाएको छ ।


१३ मध्ये ६ उपसमूहको समूहगत सूचक बढेको छ ।आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५।९५ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, हाथवे इन्भेस्टमेन्ट लगायत अगाडि छन् । सोनापुरको ३२ करोड ७८ लाख र रिलायबल लाइफको २८ करोड ८७ लाखको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?