७ कार्तिक २०८१, बुधबार

ताजा खबर

रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक , घरबाट १६ देशका मुद्रा बरामद

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

6920 views

6920 views

रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक , घरबाट १६ देशका मुद्रा बरामद

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले आज सार्वजनिक गर्ने भएको छ । त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने सिआइको तयारी छ ।


उनलाई प्रहरीले हिजो बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो ।


हिजो पक्राउ परेका बम्जनको घरमा विभिन्न १६ मुलुकका मुद्रा भेटिएको सिआईबीले जनाएको छ । उनको घरबाट ३ करोड ३४ लाख बढी नेपाली रुपैयाँ बरामद भएको सिआइबीले जनाएको छ ।

बम्जनको घरबाट २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको सिआइबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?