९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

एनएमबि बैंकको नेतृत्वमा माथिल्लो मोदी ए जलविद्युतमा ७ अर्ब लगानी

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

10745 views

10745 views

एनएमबि बैंकको नेतृत्वमा माथिल्लो मोदी ए जलविद्युतमा ७ अर्ब लगानी

काठमाडौं । ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनालाई एनएमबी बैंकको अगुवाइमा लगानी जुटेको छ । । उक्त आयोजनामा एनएमबी बैंकले ४ अर्ब ४० करोड र बाँकी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को ऋण लगानी हुने छ । 

 नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको आयोजनालाई ऋण लगानीका लागि सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीचमा ऋण सम्झौता भएको छ । 
ऋण लगानी सम्झौतामा जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक सूर्यप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा कम्पनीको अध्यक्ष कुलमान घिसिङको उपस्थिति रहेको थियो । 

आयोजना बनाउन अनुमानित लागत १० अर्ब ५० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । ३ अर्ब १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) हुने छ । आयोजनामा ७० प्रतिशत अर्थात ऋण र बाँकी ३० प्रतिशत इक्विटीबाट लगानी जुटाइने भएको छ । ४२ मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली उत्पादन गरेर बाहिरिने पानीलाई पुनः सुरुङमा लगेर १८ मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको योजना रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?