९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

हाथवेको शेयरमा लगानीकर्ताको आकर्षण, मुल्य एक हजार रूपैयाँमाथी

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

9300 views

9300 views

हाथवेको शेयरमा लगानीकर्ताको आकर्षण, मुल्य एक हजार रूपैयाँमाथी

काठमाडौं । प्राथमिक बजारमा प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमानै आईपीओ जारी गरेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्य दोस्रो बजारमा १ हजार रूपैयाँभन्दा माथी पुगेको छ । कम्पनीले गत भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असोज २ गते बाँडफाँट गरेको थियो । 
छिल्लो कारोबार दिन पुस २३ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार घद्ध रूपैयाँ ९० पैसा कायम भएको छ । यो दिन कम्पनीको शेयरमूल्य ८ दशमलव ३७ प्रतिशत बढेको हो । असोज २४ गतेदेखि कम्पनीको दोस्रो बजारमा कारोबार सुरु भएको थियो । पहिलो कारोबार दिनमा प्रतिकित्ता २८५ रूपैयाँमा कारोबार खुला भएकोमा पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशत मूल्य बढेर ३१३ रूपैयाँ ७० पैसा कायम भएको थियो ।

हालसम्म दोस्रो बजारमा कम्पनीको ४९ दिन शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य निरन्तर बढ्दो क्रममै रहेको छ । पहिलो वर्षनै शेयरधनीहरूलाई लाभांश दिन सफल भएकाले पनि कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावित लाभांश कम्पनीले पुस २६ गते १५औं वार्षिक साधारण सभा आयोजना गरी पारित गर्दैछ । यो बीचमा कम्पनीको शेयरमूल्य बोनस शेयर प्रयोजनका लागि समायोजन समेत भएको छ । पुस ११ गते कम्पनीको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि उक्त दिन कायम अन्तिम शेयरमूल्य ७९६ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरी नेप्सेले बोनस पछिको मूल्य ७२४ रूपैयाँ ९ पैसा तोकेको थियो । समायोजपछि पनि कम्पनीको शेयरमूल्य बढेको हो । 

२०६५ साल चैत १४ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा रहेको छ । यस कम्पनीमा नेपालका ख्याती प्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरूको लगानी रहेको छ ।

यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरुमा आफ्नो लगानी गरी आफुलाई एक सफल कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । यस कम्पनीले पूँजीबजारको अतिरित्त जलविद्युत, रियल स्टेट, आर्थिक, पर्यटन र स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार गरी मुलुककको आर्थिक विकासमा योगदान पु¥याउदैं आएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?