७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपालमा पनि ओमिक्रोनको नयाँ सब भेरियन्टको सङ्क्रमण पुष्टि

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

8977 views

8977 views

नेपालमा पनि ओमिक्रोनको नयाँ सब भेरियन्टको सङ्क्रमण पुष्टि

काठमाडौं । ओमिक्रोनको नयाँ सब(भेरियन्ट जेएन. १  JN.1 नेपालमा पनि पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन। १ को सङ्क्रमण नेपालमा पनि पहिलो पटक पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन JN.1 नेपालमा पहिलो पटक पुष्टि भएको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?