६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

बाग्मती प्रदेशले हात पार्योन नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि

नागरिक पोष्ट

शुक्रबार, २२ मंसिर २०८०

6356 views

6356 views

बाग्मती प्रदेशले हात पार्योन नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि

शर्मिला विश्वकर्मा, काठमाडौँ  । नेत्रहीन क्रिकेट संघ नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई क्रिकेट खेलको माध्यमबाट खेलकुदको विकासमा योगदान पुर्याउदै आएको एक सामाजिक संस्था हो । वि।सं।२०६३ सालमा स्थापना भएको यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई क्रिकेट खेलको  माध्यमबाट परिचित गराई सकेको छ । यसै क्रममा मङ्सिर १७ देखि २० गते सम्म मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, बाग्मती काठमाडौँ तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली बिचमा भएको नेत्रहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

 सो प्रतियोगितामा नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बाग्मती काठमाडौँले जित्न सफल भएको छ । बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको बाग्मतीले कास्कीलाई २० ओभरको निर्धारित खेलमा १५४ रन बनाएको थियो । उक्त रन जोड्ने क्रममा कास्कीले ९ व्हिृकेट गुमाएको थियो भने कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए । बाग्मतीको लागि किरण चलाउनेले २, निश्चल सिवाकोटी,भुपराज पाठक र सुजन श्रेष्ठले १र१ व्हिृकेट हात पारेका थिए । बाग्मतीका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए भने कास्कीका युवराज भण्डारीले २ व्हिृकेट हात पारेका थिए। फाइन खेलको प्लेयर अफ द म्याच बाग्मतीका भुपराज पाठक भएका थिए भने प्रतियोगिताको प्लेयर अफ द सिरिज कास्की टिमका सुनिल राना मगर भएका थिए ।     उक्त नेत्रहीन क्रिकेट प्रतियोगितामाको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको क्रिकेट खेलले देशको शिर उच्च रहने भन्दै आगामी दिनमा आफ्नो तर्फबाट यस खेलको विकासको लागि सक्दो सहयोग गर्ने बताउनु भयो । 

त्यसै गरी समाज सेवी तथा नेत्रहीन क्रिकेट संघ नेपालकी टिम म्यानेजमेन्ट ज्योती के।सी।ले सबैको साथ, सहयोग र हौसलाले दृष्टिविहीन अपाङ्गता भएका खेलाडीहरूले पनि खेलकुदको क्षेत्रमा योगदान पुर्योउनका साथै समाजमा भएको अपाङ्गता प्रतिको नकारात्मक सोचमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने बताउनु भयो । यस प्रतियोगिताको समापनका क्रममा आयोजक संस्था नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले क्रिकेट खेल्न थाले पछि आफ्ना सन्तान दृष्टिविहीन अपाङ्गता भएकै कारण निराश हुने अभिभावकहरूलाई चेतना जाग्नुका साथै आत्मविश्वासको विकास भएको भन्दै  राज्यले आगामी दिनमा समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरूको उचित सम्मान हुनु कुरामा जोड दिनु भयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?