७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसका  अवसरमा सञ्चारकर्मी शर्मिला विश्वकर्मा सम्मानित

नागरिक पोष्ट

सोमबार, १८ मंसिर २०८०

4182 views

4182 views

काठमाडौँ । दिगो विकास प्राप्तिको प्रतिबद्धता स् अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता ू भन्ने मूल नारा सहित हिजो मङ्सिर १७ गते अर्थात् डिसेम्बर ३ तारिका दिन अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइयो ।

हिजो डिसेम्बर ३ तारिकका दिन विहान ८स् बजे प्रभात फेरी कार्यक्रम अन्तर्गत काठमाडौंको भृकुटीमण्डपबाट विभिन्न बाजागाजा सहित निकालिएको र्याली भद्रकाली, सहितगेट, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपको बगैचामा आएर शुभकामना मन्तव्य तथा सम्मान कार्यक्रममा परिणत भएको थियो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको ू दिगो विकास प्राप्तिको प्रतिबद्धता स् अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता ू भन्ने नारा लाई कार्यान्वयन गर्नको लागि नेपाल सरकारले प्रयास गर्ने भन्दै जति सक्दो छिटो अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय नीति पारित गर्ने प्रतिबद्धता  व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार स्थापीत गर्नका लागि विभिन्न माध्यमबाट योगदान दिनु हुने व्यक्तिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भयो । 

यस कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुरेशराज आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल सरकारले बनाए ऐन कानुन, नीति नियम अनुसार काम गर्दै आएको भन्दै सबै अपाङ्गता भएका व्यक्तिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।  यस पटक राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा विभिन्न विधा मार्फत महत्त्वपूर्ण योगदान दिएका कास्की जिल्ला, पोखरा महानगरपालिका २६ स्थायी ठेगाना भई विगत १४ वर्ष देखि काठमाडौँमा रहेर रेडियो, विभिन्न पत्रपत्रिका तथा अनलाइन मार्फत पत्रकारिता गर्दै आउनु भएकी शारीरिक अपाङ्गता भएकी सञ्चारकर्मी शर्मिला विश्वकर्मा सहित १० जनालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान पनि गरियो । सम्मानित हुने अन्य व्यक्तिहरुमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११  का दृष्टिविहीन सञ्चारकर्मी टिकाराम घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्मचारी ताराकेश्वर नगरपालिका ६ काठमाडौँ निवासी ईश्वर रोइला, सरकारी कर्मचारीको तर्फबाट मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका ६ निवासी नेपाल सरकारको निजामती सेवा अन्तर्गत स्वास्थ्य निरीक्षक शारीरिक अपाङ्गता भएकी महिला पार्वती पौडेल, बाग्लुङ् जिल्ला रामरेखा १ का सुनाई सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूका शिक्षक सन्तोष पौडेल, बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ११ निवासी दृष्टिविहीन शिक्षक भावुकजंग थापा, अपाङ्गता भएका व्यक्तिसँग बिहे गरी निरन्तर अपाङ्गताको क्षेत्रमा क्रियाशील व्यक्ति दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका ५ की प्रतिमा शर्मा,  ललितपुर महानगरपालिका ४ की गोमा अधिकारी, राष्ट्रिय अपाङ्ग संघ नेपालका संस्थापक अध्यक्ष निर्मल कुमार देवकोटा र राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा रहेर स्थापना काल देखि विभिन्न कार्यसमितिमा रही अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार स्थापित गर्न योगदान पुर्यािउनु भएको भनी टेकनाथ न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?