७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपालमा सामाजिक सुरक्षाको वर्तमान अवस्थाको विषयमा छलफल

नागरिक पोष्ट

सोमबार, १८ मंसिर २०८०

4576 views

4576 views

काठमाडौँ  । शर्मिला विश्वकर्मा , सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा We Social Movement (WSM) को आर्थिक सहयोग, ईन्स्पायर नेपालको आयोजना तथा तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वयमा २०८० मङ्सिर १५ गते काठमाण्डौमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 उक्त कार्यक्रममा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा लामो समयदेखि सामाजिक संरक्षणका फरक–फरक कार्यक्रमहरू सञ्चालित हुँदै आएको भए पनि आ– आफ्नै ऐन, कानुन र कार्यविधिहरूद्वारा निर्देशित हुँदै आएकाले कार्यान्वयनमा कानुनी र संरचनागत एकरूपता नभएको गुनासो गर्नु भयो ।   त्यसै गरी यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक डा. दिपेश घिमिरेले सामाजिक सुरक्षाको वर्तमान अवस्था, उपलब्धि, समस्याहरू र आगामी दिनमा सबै नागरिकको पहुँचमा सामाजिक सुरक्षा कार्यक्रम पुर्यानउन के गर्न आवश्यक छ भन्ने सुझाव सहितको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।   सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, ट्रेड युनियनका प्रतिनिधि लगायत ४५ जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षाका कार्यक्रमको व्यवस्थापन कमजोर रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रममा एकरूपता र प्रभावकारिता आउन नसकेकोले यसमा सुधार गर्नु पर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?