७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रडक्ट अनुभव गरेर खरिद गर्न सकिने, ब्रदर एक्सपेरियेन्स सेन्टरको उद्घाटन

नागरिक पोष्ट

मंगलवार, २१ कार्तिक २०८०

3528 views

3528 views

काठमाडौं । सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देशक अमित अलि र उपमहाप्रबन्धक रिसा हमातसुकीले संयुक्त रुपमा ब्रदर एक्सपेरियेन्स सेन्टरको उद्घाटन गरेका हुन् ।

योसँगै अब ग्राहकले ब्रदरका उत्पादनहरू सुरूमा आफै अनुभव गरेर पनि खरिद गर्न सकिने छ । यसले ग्राहकमाझ थप विश्वास सिर्जना गर्ने सागर ग्रुपको विश्वास रहेको छ । 

विगत १५ वर्षदेखि ब्रदरका प्रडक्टको आधिकारिक वितरक रहेको सागर ग्रुपले कंलकीमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त सेन्टरमा गएर निःशुल्क ब्रदरका प्रडक्ट अनुभव गर्न सकिने छ । सेन्टरबाट प्रडक्ट कस्तो छ, फिचरहरू के के छन् लगायत बारे जान्न सकिने छ । 

एक दशक अगाडि नै सागर ग्रुपले एक्सपेरियेन्स सेन्टर सञ्चालन गर्ने योजना बुनेको थियो । योजना बुनेको एक दशकपछि एक्सपेरियेन्स सेन्टर सुरू गर्ने सपनाले साकार पाएको छ । 

ब्रदर एक्सपेरियेन्स सेन्टरमा ब्रदर इन्कजेट प्रिन्टिंग टेक्नोलोजी, ब्रदर लेजर टेक्नोलोजी, ब्रदर सिवींग मेसिन, ब्रदर डक्युमेन्ट स्कानर सोलुसन, ब्रदर लेबल प्रिन्टिंग इनोभेसन जस्ता मेसिनहरुको प्रदर्शनी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?