७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने 

नागरिक पोष्ट

मंगलवार, २१ कार्तिक २०८०

3515 views

3515 views

काठमाडौं । नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने भएको छ । अन्य सरोकारवालासहित बालबालिका सम्बद्ध सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको राजधानीमा आज आयोजित एक भेलाले समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को संयोजनमा बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस मनाउने तयारी गरेको हो । 

सो अवसरमा आगामी नोभेम्बर ०९ तारिखमा बालबालिकाको कार्यशाला, बालबालिकाबाट प्राप्त सुझावलाई प्रधानमन्त्री, सभामुख लगायतका अन्य तालुकात एवम् नीतिगत तहसम्म पुर्याउने र २० तारिख अर्थात  अन्तरराष्ट्रिय बाल अधिकार  दिवसका दिन र्याली तथा  कोणसभा कार्यक्रम गर्ने  तय गरिएको छ ।

सो अवसरमा सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुहुँदै बालबालिका माथि हुने हिंसा तथा बालदुव्र्यवहार विश्वकै एउटा डरलाग्दो र खतरापूर्ण समस्याको रुपमा अगाडि आइरहेको उल्लेख गर्नुभयो ।‘खासगरी बालयौन दुव्र्यवहार, बालबालिकाको बेचविखन तथा बालश्रम, बुलिङ लगायतका दुब्र्यवहार   विश्वकै एउटा डरलाग्दो र खतरापूर्ण समस्याको रुपमा अगाडि आइरहेको छ । बिश्वमा लाखौ बालबालिकाहरु हिंसा दुब्र्यवहार र शोषणको सिकार भएका छन । तसर्थ पनि यो बिषयमा नागरिक समाज एकजुट भई अझ सशत्त कार्यक्रम पस्कन जरुरी छ’ उहाँले भन्नुभयो ।  

कार्यक्रममा सिविसकी कार्यक्रम संयोजक मनिता धरेलले उपस्थितीका लागि सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै आपसी सहकार्यले बाल दुर्व्यवहार विरुद्धको अभियानले सार्थकता हासिल गर्ने बताउनुभयो ।  

कार्यक्रममा एनटिभि न्युज सचेतना कार्यक्रमका प्रस्तोता एवम्  निर्देशक  सरोज ओझा, शैली थियटरका कलाकारसहित ३० भन्दा बढि संस्थाका प्रतिनिधिहरु सहभागि रहेका थिए ।  

बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस १९ नोभेम्बरका दिन मनाइने गरिन्छ ।  यो दिवस सन् २००१ देखी विश्वभरी नै मनाउन शुरु गरिएको हो । विश्व दिवसका निम्ति अन्तराष्ट्रियस्तरमै गैससहरुसँगको सहकार्य तथा साझेदारी भनेर सुरु गरिएको थियो । उक्त दिन सबै निकायहरूले खासगरी रोकथामबारे शिक्षा दिन, जनचेतना फैलाउन, जानकारी दिनका निम्ति विश्वभर विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् । यस दिवसको अवसरमा गैसस बीच साझेदारी गरि बालदुव्र्यवहार रोकथामको संस्कृतिलाई बढावा दिदै आईएको छ । जसमा जनचेतना अभिवृद्धि, जनमानसका अभिव्यक्तिहरू तथा कार्यहरू एकआपसमा आदानप्रदान र रोकथामका कार्यक्रमहरूको सहि विरतणको सुनिश्चिततालाई विश्वव्यापीकरण गर्ने प्रयास हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?