७ कार्तिक २०८१, बुधबार

ताजा खबर

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३”को आवेदन खुला

नागरिक पोष्ट

आईतवार, १९ कार्तिक २०८०

3872 views

3872 views

काठमाडौं । उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड २०२३ र सांगितक यात्रा हुने भएको छ ।

उद्धार खवरको मुख्य आयोजना र के.पी. इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा.लि.को सह आयोजकमा चार वटा देश सिंगापुर,कम्वोडिया, थाइल्याण्ड र भियतनाममा अन्तरराष्ट्रिय म्युजिक अवार्ड र सांगितक यात्रा हुने भएको हो । उक्त अवार्ड कार्यक्रम अन्र्तगत विभिन्न विधा आधुनिक पप, लोक पप,काठे भाका,भाषाभाषी गीत,लोक तथा दोहोरी गित, म्होन्दोमाया गित,भाषाभाषी गित, चाडपर्व गित, भाषाभाषी तथा नेपाली चलचित्र, हाँस्य टेलिसिरीयल तथा लघु चलचित्र, उत्कृष्ठ निर्देशक,उत्कृष्ठ समाजसेवी, सर्वोकृष्ठ पत्रकारलाई सम्मान गरिने उद्धार खवरका अध्यक्ष विक्रम जंग शाहले जानकारी दिएका छन्।

सो अवार्डका लागी प्रतिविधा आवेदन सहभागी शुल्क दुई हजार राखिएको छ । अवार्डका लागी विश्वका जुनसुकै ठाउँबाट पनी नेपालीहरुले आवेदन दिन सक्ने उद्धार खवरका प्रधान सम्पादक आनन्द कुमार भट्टराईले बताए । सो कार्यक्रममा हेलो नेपाल, समन्वय,राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेश,मनखुसी फाउण्डेशनको सहकार्य रहेको छ भने मिडिया पार्टनरमा समयदृष्टि र सुन्दरादेवी सन्देश रहेका छन् ।

सन् २०२४ मा कोरिया सँगै क्यानडामा पनी कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष शाहले बताए। तिहार पछी आयोजना गरिने कार्यक्रमका लागी ईच्छुकहरुाईे आवेदन फर्म भर्न आयोजकले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?