७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराउने

नागरिक पोष्ट

आईतवार, १९ कार्तिक २०८०

3684 views

3684 views

काठमाडौँ ।  नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गए राति गएको शक्तिशाली भूकम्पमा कारण नेपाल टेलिकमले सोवा निरन्तरता दिन उक्त क्षेत्रमा  कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क  एसएमएस तथा भ्वाइस  सेवा उपलब्ध गराइएको छ ।

यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क एसएमएस तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइने बताएको छ ।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क एसएमएस तथा भ्वाइस  सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?