७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सामान्यतया मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नागरिक पोष्ट

आईतवार, १९ कार्तिक २०८०

3780 views

3780 views

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले मुलुकका पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?