७ कार्तिक २०८१, बुधबार

ताजा खबर

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न अपिल - राष्ट्रपति

नागरिक पोष्ट

शनिबार, १८ कार्तिक २०८०

4337 views

4337 views

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले  आफू मर्माहत भएको बताएका छन् ।

उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?