७ कार्तिक २०८१, बुधबार

ताजा खबर

स्वास्थ्य प्रणाली सुदढीकरणका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहूलियतपूर्ण ऋण

नागरिक पोष्ट

शुक्रबार, १७ कार्तिक २०८०

4089 views

4089 views

काठमाडौं   ।  नेपालको स्वास्थ्यप्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकाससंस्था (आईडीए) बाट १० करोड अमेरिकी डलरबराबरको सहूलियतपूर्ण ऋण र स्वास्थ्य आपत्कालीनपूर्वतयारी तथा प्रतिकार्य कोष ९एचईपिआरटीएफ० बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानकालागि आज विद्युतीय रूपमा हस्ताक्षरित वित्तीयसम्झौताहरू आदानप्रदान गरेका छन् । यी सम्झौताहरूकासम्बन्धमा कार्तिक १०, २०८० मा विद्युतीय हस्ताक्षरसम्पन्न भएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीयलगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरितआयोजना हो ।

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन९नेपाल क्वालिटी हेल्थ सिस्टम्स प्रअपरेशन० सम्बन्धी सम्झौताहरूमा अर्थ सचिव डा। कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंककाराष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षरगर्नुभएको थियो ।

यी सम्झौताहरू माननीय अर्थमन्त्री डा। प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्धनिर्देशक आना वियर्दे र दक्षिण एसियाका लागि विश्वबैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा आदानप्रदान गरिएको थियो ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम संघीयतहको स्वास्थ्य बीमा बोर्ड, र कोशी र गण्डकी प्रदेशकाछनौट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमाकार्यान्वयन गर्नेछ ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यप्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँचअभिवृद्धि र छनौट गरिएका प्रदेश तथा स्थानीय तहमास्वास्थ्य आपत्कालीन पूर्वतयारी एवं प्रतिकार्य क्षमतासुदृढीकरण गर्ने कार्यमा जोड दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?