९ मंसिर २०८१, आईतवार
ताजा खबर

पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

नागरिक पोष्ट

बिहीबार, १६ कार्तिक २०८०

5118 views

5118 views

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण आज बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति भने आंशिक बदली रहनुका साथै मौसम सामान्यतया सफा रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?