७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल भर कुल ७५ लाख वटा घरहरु

नागरिक पोष्ट

मंगलवार, १४ कार्तिक २०८०

4663 views

4663 views

काठमाडौँ । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।

त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले। १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको देखिएको छ ।

तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?