७ कार्तिक २०८१, बुधबार

ताजा खबर

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी

नागरिक पोष्ट

सोमबार, १३ कार्तिक २०८०

4442 views

4442 views

काठमाडौँ । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई २–१ गोलले हराउँदै एट्लेटिको विजयी भएको हो । 

एट्लेटिकोका अल्भारो मोरटा र रोड्रिगो विक्वेल्मीले एक–एक गोल गरेका थिए भने एन्डर गुइभाराले एक गोल फर्काएका थिए ।

यो जितसँगै एट्लेटिको १० खेलबाट २५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको डिपोर्टिभो अलाभेस ९ अंकसहित १७औँ स्थानमा छ ।

एक खेल बढी खेलेका रियाल मड्रिड र जिरोना समान २८ अंकसहित क्रमशः शीर्ष र दोस्रो स्थानमा छन् । २४ अंक रहेको बार्सिलोना चौथो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?