७ कार्तिक २०८१, बुधबार

ताजा खबर

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

नागरिक पोष्ट

सोमबार, १३ कार्तिक २०८०

4256 views

4256 views

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि तीन महिने अभियानबारे समेत समिक्षा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?