७ कार्तिक २०८१, बुधबार

ताजा खबर

टी–२० विश्वकप छनोट : सिंगापुरविरुद्ध नेपाल फिल्डिङमा

नागरिक पोष्ट

सोमबार, १३ कार्तिक २०८०

4412 views

4412 views

काठमाडौँ  । सन् २०२४ को टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । काठमाडौँको कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस जितेर यूएईले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ ।

आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहँदा सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिएको छ ।

नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

आज अन्य तीन खेल पनि हुँदैछन् । आज बिहान ९ बजे मूलपानी मैदानमा बहराइन र यूएई, दिउँसो साढे १ बजे टीयू मैदानमा ओमान र मलेसिया तथा सोही समयमा मूलपानी मैदानमा हङकङ र कुवेत खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?