७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मानव बेविखन न्युनीकरणमा सरकारी निकायको भूमिका” विषयक कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4334 views

4334 views

काठमाडौँ । मानव बेचविखन विरूद्ध काम गर्ने संस्थाहरूको पनि छाता सङ्गठन एटविनले राजधानीमा आयोजित “मानव बेविखन न्युनीकरणमा सरकारी निकायको भूमिका” विषयक कार्यक्रममा सहभागी वक्तारूले  सभ्य समाजका लागि चुनौति बन्दै गएको  मानव बेचबिखनलगायतका घटना न्युनिकरणका लागि  सहकार्य नै विशेष उपाय हुन सक्ने सुझाव दिनुभएको हो । 

एटविनका उपाध्यक्ष चरीमाया तामाङले  मानव बेचविखनको घटना न्युनिकरण नभई झनै विविधता थपिएको बताउनुभयो । उहाँले मानव बेचविखन हुने कारण र भइरहेको छ भन्ने जानकारी सबैलाई छ तर अब यसको समाधानको विषयमा ठोस छलफल हुनुप¥यो भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव  इन्द्रादेवी ढकालले बालबालिका बेचविखनको सन्दर्भमा  आन्तरीक र भारतसम्म पु¥याउने घटना  बढि दोहोरी रहेको र परिषद्ले विभिन्न संस्थासँगको समन्वयमा उद्धार र पुनस्थार्पनाका लागि काम गरिरहेको बताउनुभयो । 

एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले मानव बेचविखनको न्युनिकरणका लागि सरकारी  निकायले सम्वोधन गर्नुपर्ने सवालबारे चर्चा गर्दै मानव बेचविखनबाट प्रभावित, महिला÷पुरूष र बालबालिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले विगतमा महिला मात्र बेचिन्छन्, भन्ने सोच थियो भने हाल श्रम शोषण, मानव अङ्ग झिक्नका लागि पुरूष र बालबालिका पनि मानव बेचविखनमा पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“मानव बेचविखनमा पर्नु भनेको  यौन शोषण लागि मात्र बुझ्ने सोचमा अब परिवर्तन आउनुपर्छ, हाम्रो देशमा रोजगारीको अभावका कारण रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाएर कम वा विना पारिश्रमिक काममा लगाउनु पनि बेचविखन नै हो तर पुरूषले आफु बेचिए भन्न हिचकाउने कारणले उजुरी दिनेहरूमा महिला बढि देखिएको हो ।” कार्यकारी निर्देशक गुरूङले लाखौं जनालाई स्वदेशमै रोजगारी दिइरहेको रात्रीकालिन व्यवसायलाई बन्द होइन, व्यवस्थित र मर्यादित बनाउने एटविनको लक्ष्य हो भन्नुभयो ।  

सो अवसरमा एटविनका अध्यक्ष तारा भण्डारीले सिमा पारी र बैदेशिक रोजगारीमा जादा मात्र बेचविखनको जोखिममा पर्ने होइन, राजधानीलगायतका ठूला सहरमा आन्तरीक बेचविखनको जोखिम बढेको बताउनुभयो । उहाँले घरको आर्थिक अवस्था कमजोर हुनु, प्राकृतिक विपत्तीका कारण घर, खेत नष्ट हुनु, गरिबीले पार्ने असरका कारण पढ्न नपाउनु र पढे पनि पढाई र सिप अनुसारको रोजगारीको सिर्जना नहुँदा मानव बेचबिखनको घटनामा वृद्धि हुने कारण हुन्,भन्नुभयो ।  

महिलाका लागि महिला मञ्चका नेपालमा परामर्शदाताको रूपमा कार्यरत भिमा सुवेदीले रात्रीकालिन व्यवसायमा रोजगारी गर्नुलाई समाजले मान्यता दिनुपर्ने बताउनुभयो ।उहाँले जुनसुकै पेशा व्यवसाय आफैंमा खराब हुन्न, काम गर्ने समय मात्र फरक हो, भन्दै कामको सम्मानका लागि पहल हुनुपर्ने बताउनुभयो । विश्वास पे्ररणा राष्ट्रिय सञ्जालका महासचिव शर्मिला बस्नेतले दोहोरी रेष्टुरेण्टलगायतका स्थानमा गाउँदा राम्रो शब्द चयन र मौलिक संस्कृतिमा जगेर्नामा जोड दिनुभयो ।

त्यसैगरी एटविनले रात्रीकालिन व्यवसायीहरूसँग पनि मानव बेचविखन नियन्त्रण तथा मनोरञ्जन क्षेत्रलाई व्यवस्थित बनाउन निजी क्ष्ँेत्रका भूमिका शीर्षकमा संवाद कार्यक्रम सम्पन्न गरेको छ । उहाँले कलाको प्रस्तुती जहाँ गरे पनि त्यत्तिकै सम्मान पाउनुपर्ने मान्यतालाई कायम राख्न दोहोरी रेष्टुरेन्ट व्यवसायी र कलाकारको सहमति र समन्वय भए त्यहाँ आउने सेवा ग्राही पनि मर्यादामा रहने विश्वास व्यक्त गर्नुभयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?