७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम केसी ‘कमल’ को सचिव पदमाउम्मेदवारी दर्ता

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4298 views

4298 views

काठमाडौं । गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७(२० तारिखमा हुने ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भीम केसी ‘कमल’ ले उम्मेदवारी दर्ता गरेका छन्। सरिस तामाङ ९इराक० , छबिलाल कडेल९ इटाली० प्रस्तावनामा र  श्याम तामाङ ९इराक०, हेमन्त सेढाई ९युके० समर्थनमा आज केसीले उम्मेद्बारी दर्ता गरेका छन्।

विगत १५ बर्षदेखि युरोप बस्दै आएका केसी  सोही समय देखि नै एनआरएनए अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनी बौद्धिक र गैरआवासीय नेपालीहरुको समस्या र भावनालाई गहिरो गरी बुझेका व्यक्ति रूपमा पनि परिचित छन् ।

युरोपको पोर्चुगल र माल्टामा होटेल र रेस्टुरेन्ट व्यवसाय गर्दै आएका केसी सफल व्यवसायीका रूपमा पनि चिनिएका छन् । नेपालमा पनि विभिन्न व्यवसायमा उनको लगानी रहेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको विभिन्न पदमा रहेर जिम्मेवारी समाली सकेका केसीले सन् २००९–२०११ मा एनआरएनए पोर्चुगलको उपाध्यक्ष, सन् २०११–२०१३ मा एनआरएनए मिडिया कार्यदल, सन् २०१५–२०१७ मा एनआरएनए पोर्चुगलको अध्यक्षको रुपमा काम गरेका थिए । युरोप, मध्यपूर्वका विभिन्न देशका एनसिसी, अभियानका अग्रज र प्रतिनिधिहरुसंग अन्तरक्रिया र छलफल आँट उत्साहित केसी जितको संघारमा पुगेको अभियन्ताहरुको बुझाई छ। नेपालमा रहँदा केसी शिक्षा मन्त्रालयमा अधिकृत स्तरको जागिरमा कार्यरत थिए । शिक्षण पेशामा रहेर पनि उनले केही बर्ष विताएका थिए ।

एनआरएनए सचिव पदका उम्मेदवार भीम केसी कमल यसरी देखिए सबैभन्दा ससक्त, यस्ता छन् उनका एजेन्डा १

क० ूएक पटकको सधैंको नेपालीू भन्ने मुल नाराका साथ वंशजको नेपाली नागरिकताको निरन्तरता ।

ख० युवा, महिला, श्रमिक र प्रविधिमैत्री एनआरएनए ।

ग० नेपालमा लगानी भित्र्याउन र नेपालको सम्पत्ति बेचबिखन गरी विदेश लैजाने कुरालाई निरुत्साहित गरी सम्पत्तिको सुरक्षाका लागि विशेष पहल ।

घ० प्रवासमा नेपाली संस्कृति र भाषाको संरक्षण, नयाँ र युवा पुस्तालाई भाषा संस्कार र संस्कृतिको ज्ञान अभिवृद्धिमा विशेष योजना ।

ङ० केन्द्रीय सचिवालयलाई सबल बनाउँदै एनआरएनएको संस्थागत सुदृढीकरणमा विशेष जोड, एनसिसीहरुलाई सबलीकरणमा विशेष ध्यान । 

च० युरोपका देशहरुलाई नेपाली श्रम गन्तव्यको रूपमा विकसित गरी चाडोभन्दा चाडो द्विपक्षीय श्रम सम्झौता 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?