७ कार्तिक २०८१, बुधबार

ताजा खबर

स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिए

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4107 views

4107 views

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका पाँचजना सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्ड सदस्य डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामूहिक राजीनामा दिएका हुन् ।

नौ महिनादेखि स्वास्थ्य बिमा बोर्ड अध्यक्षविहीन छ । तर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा। मदन उपाध्यायलाई बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

बोर्डमा नौ महिनादेखि अध्यक्ष नियुक्त नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको बताइएका छन ।

उसो त सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलालाई निलम्वन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?