७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न अनुमति, सर्वसाधारणलाई भने पछि

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4115 views

4115 views

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । योसँगै बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको ब्रेक थ्रु भएको छ ।

बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न गत सोमबार ९असोज २९ गते० स्वीकृति प्रदान गरेको हो । कम्पनीले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न २०७९ असार २८ गते आवेदन दिएको थियो । तर, आवेदन दिएको १५ महिनापछि मात्र स्वीकृति पाएको छ ।

कम्पनीने अब पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार संस्थागत लगानीकर्ताका लागि बोर्डले ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न स्वीकृति बोर्डले दिएको हो ।

यो आईपीओको कट अफ प्राइज ४०१ रुपैयाँ रहेको पनि श्रेष्ठले बताए । यो कम्पनीको आधार मूल्य ५०१ रुपैयाँ तय गरी बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जान सक्ने गरी ६०० रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कम्पनीले स्वीकृति पाएसँगै योग्य संस्थागत लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्नेछ । तर, सर्वसाधारणलाई भने कटअफ मूल्यमा १० प्रतिशत छुट दिई बाँकी रहेको ६० प्रतिशत सेयर निष्कासन हुनेछ । पहिलो चरणमा योग्य संस्थागत लगानीकतालाई निष्कासन गर्नेगरी २४ लाख कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएको हो ।

यो आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?