९ मंसिर २०८१, आईतवार
ताजा खबर

त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4999 views

4999 views

काठमाडौँ । त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदैछ । मूलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेन्ट्स ९यूएई० को सामना गर्दैछ । 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।

विश्वकप टी–ट्वान्टी छनोटको तयारीस्वरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स ९यूएई० सहभागी छन् ।

नेपालले भोलि र कात्तिक ४ गते हङकङसँग खेल्नेछ भने कात्तिक ६ गते यूएईसँग दोस्रो खेल खेल्नेछ । यस्तै, यूएई र हङकङले भने कात्तिक ५ र ८ गते खेल्नेछन् ।

डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा नै हुनेछन् ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आईसीसी विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो सिरिज आयोजना गरिएको हो । 

यो सिरिजमा सन्दीप लामिछानेले भने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण सिरिजबाट नाम फिर्ता लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?