७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हिमाली जिल्ला मनाङमा हिमपात

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4337 views

4337 views

मनाङ । हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको र यस वर्ष समयमा नै सुरुआत भएको  अध्यक्षको भनाए छ ।

तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ ।

समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् ।  हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुने, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले  सयममा हिमपात हुँदा किसानमा खुसी छाएको छ । हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गर्दछ । हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको  स्थनीय बताउँछन्  ।

गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताउनुभयो । गुरुङले, “पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, उत्पादन राम्रो हुने आशा लिएका छौँ, यस वर्ष समयमा नै सुरु भएको छ बताए ।

यहाँ उत्पादन हुने स्याउ, करु, जौ, फापर, आलुलगायतका बाली पानी पुग्ने वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?