९ मंसिर २०८१, आईतवार
ताजा खबर

मेरो अस्तित्व खोइ ?

नागरिक पोष्ट

मंगलवार, ३० आश्विन २०८०

5276 views

5276 views

हरेक बर्ष दशैमा, घर घर गइ , खोजी अनि रोजी नवमीको दिन, पुजा , आराधना दक्षिणा दिने मलाई  मिठो मिठो भोजन गराइ, खुट्टा धोइ, हात जोडी पुज्दछन मलाई । तर किन गर्भ पहिचान गरि, जन्मिनु अगाडि मार्छन मलाई  म सोध्न चाहन्छु , बुझ्न् चाहन्छु, मेरो अस्तित्व खोइरु

 गृहस्थि चलाउने मात्र होइन, घरलाइ स्वर्ग बनाउने म छोरा छोरिको आमा मात्र होइन, अन्नपूर्ण पनि म श्रीमानको अर्धाङनी मात्र होइन, प्रियसि पनि म  घर आउने पाहुनाको सत्कार गर्ने सेविका पनि म ।।  म सोध्न चाहन्छु, बुझ्न चाहन्छु मेरो अस्तित्व खोइरु

गर्भ पनि मै धारण गरु, पिडा पनि मै सहु, काम पनि मै गरु तर सन्तानको नामको अग्रपंक्तिमा खोइ त म रु सन्तान बिग्रिदा तिम्रो कारण , घरमा कलह हुँदा तिम्रै कारण  घर राम्रो र समाजमा उच्च सम्मान पसुदा खोइ त त्यहा म म सोध्न चाहन्छु, बुझ्न चाहन्छु मेरो अस्तित्व  खोइ रु 

बढी बोल्दा पोथी बासेको भन्ने, नबोल्दा जान्दैन भन्ने आफ्नो खर्च माग्दा, पैसाको महत्व के थाहा यिनलाई पो सुनाउने मेरो शिक्षा , मेरो इक्षा , मेरो कौतुहलता बुझ्ने पो कसले दोषी मात्र देख्ने, दयाको पात्र सधै किन नि त म म सोध्न चाहन्छु, बुझ्न चाहन्छु मेरो अस्तित्व खोइ रु

मै बलात्कृत हुने, अनि मै चुप लागेर नि सहनु पर्ने  समाजमा शीर ठाडो उठाएर पनि हिंड्न् नपाउने उसले के भन्लान् , अरुले के सोच्लान , चुपलाग एता न जा, उता नजाउ, न गर न पढ् , न काम गर कहिले सम्म सहेर बस्ने, अब पनि म म सोध्न चाहन्छु, बुझ्न चाहन्छु मेरो अस्तित्व खोइ रु

कहाँ सुरक्षीत छु त म, घर भित्र कि बाहिर भन टोलमा कि छिमेकमा, गाउँमा कि शहरमा  आफन्तमा कि परिवारमा, भद्रमा कि पापीमा किशोरीमा कि विबाहितमा अब भन न कोहि म सोध्न चाहन्छु, बुझ्न चाहन्छु मेरो अस्तित्व खोइ रु 

पुग्यो अब , भयो अब , चाहिदैन कोहि स्यावासी दिने म हरेक कठिनाइ र चुनौतीलाई स्विकार्दै लडन सक्छु अब सिंहनाद गर्दै , शत्रुको संहार गर्न हरेक पल भिडन सक्छु नि म  हरेक ठाँउ , हरेक पल आफै भित्र संघर्ष गर्दै , मेरो अस्तित्व आफै बनाउछु म, आफै रमाउछु पनि म  म सोध्न चाहन्न, बुझ्न नि चाहन्न, मेरो अस्तित्व खोइ आफै बनाउछु, आफैमा नि रमाउछु, अग्रपन्तीमा बढदै नि जान्छु, उच्च शिखरलाई चुम्दै आफ्नो अस्तित्व आफै बनाउछु, आफै रमाउछु, आफै रमाउछु।।।

मिरा शाह  साहित्यकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?