७ कार्तिक २०८१, बुधबार

ताजा खबर

खाद्यले निर्धारण गरेको मूल्यभन्दा खसीबोका र च्यांग्रा १० रुपैयाँ सस्तो दिने

नागरिक पोष्ट

मंगलवार, ३० आश्विन २०८०

5220 views

5220 views

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ ।

त्यस्तै च्यांग्राको मूल्य प्रतिकेजी १ हजार २६० रुपैयाँ निर्धारण गरेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । निर्धारित मूल्यभन्दा १० रुपैयाँ सस्तो खसीबोका र च्यांग्रा सर्बसाधारणलाई उपलब्ध गराउँने सुवेदीले बताइन् ।

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको हो । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ । यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?