९ मंसिर २०८१, आईतवार
ताजा खबर

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि आर्सनलको जित

नागरिक पोष्ट

सोमबार, २२ आश्विन २०८०

4976 views

4976 views

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो । 

आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक गोल गरेका थिए । उनले खेलको ८६औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै आर्सनल २० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर सिटीले भने शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । 

सिटीले जित निकालेको अवस्थामा २१ अङ्कका साथ शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । तर आर्सनलसँग पराजित भएसँगै सिटी १८ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको टोटनह्यामको २० अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?