६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नव आगमन संरक्षण समाज भक्तपुरको अध्यक्षमा पुनः गोमादेवि गौतम र अधिकारी  सहितको नयाँ कार्यसमिति निर्वाचित

नागरिक पोष्ट

शनिबार, १३ आश्विन २०८०

5417 views

5417 views

शर्मिला विश्वकर्मा, काठमाडौँ   ।  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि काम गर्ने संस्था नव आगमन समाज भक्तपुरको ५ औ वार्षिक साधारण सभा तथा अधिवेशनले हिजो असोज १२ गते काठमाडौँमा पुनः गोमादेवि गौतम र अधिकारीको अध्यक्षतामा ११  जना नयाँ कार्य समिति निर्वाचित  निर्वाचित गरेको छ ।   सो कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका प्रमुख शुशिलमान सिंह प्रधानले यस साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूलाई छुट्टै अपाङ्गताको वर्ग र परिभाषामा समावेश गर्न पहल गर्नु पर्ने, विभिन्न सञ्चार माध्यमहरूसँग सहकार्य गरेर यस अपाङ्गता भएका व्यक्तिहरू तथा संरक्षकहरूको सवाल संवोधन गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै जनचेतनाका कार्यहरूलाई पनि अगाडि बढाउनु पर्ने, सबै अभिभावक तथा संरक्षकहरू एक जुट भएर उनीहरूको हक हित र अधिकारका लागि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।   त्यसै गरी यसै संस्थाकी निर्देशक लुनी शाक्यले अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूको हेरविचार गर्ने अभिभावक तथा संरक्षकहरूको हक अधिकारका लागि पनि राज्य तथा अन्य सरोकारवाला निकायहरूले ध्यान दिनु पर्ने र यस विषयमा सबै एक जुट भएर कार्य योजना अनुसार काम गर्नु पर्ने बताउनु भयो ।   यसै क्रममा नव आगमन संरक्षण समाज भक्तपुरकी अध्यक्ष गोमा देवि गौतम र अधिकारीले २४ औ घण्टा सहयोगीको आवश्यकता पर्ने अपाङ्गता भएका व्यक्तिहरूका स्याहारकर्ता  संरक्षक तथा अभिभावकहरूको आर्थिक,  मनोसामाजिक, शारीरिक तथा अन्य सवालहरूमा पनि सहज हुने विभिन्न सवालहरूलाई सबै सरोकारवाला निकायहरूले ध्यान दिएर काम गर्नु पर्ने सवालमा काम गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यहरूलाई निरन्तरता दिने बताउनु भयो ।   यस कार्यक्रममा यसै संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार शक्ति थापाले बच्चाको स्याहार र हेरचाह गर्दा गर्दै अभिभावक नै अस्वस्थ हुँदा राज्यबाट संरक्षकको स्वास्थ्य अवस्थामा सुधार हुने, आय( आर्जन लगायतका कार्यक्रमहरूमा समावेश गर्ने कुरामा जोड दिनु भयो ।   त्यसै गरी अभिभावक तथा यसै संस्थाका सचिव लक्ष्मी बस्नेतले अपाङ्गता भएका छोरा छोरीका कारण नै समाजमा चिनिनुका साथै सामाजिक कार्यमा लाग्न सहज भएको बताउनु भयो ।

उक्त नव आगमन संरक्षक समाज भक्तपुरको ५ औ साधारण सभा तथा अधिवेशनले आगामी २ वर्षका लागि गोमादेवि गौतम र अधिकारीको अध्यक्षतामा ११ जना नयाँ कार्यसमिति निर्वाचित भएको छ । जसमा उपाध्यक्षमा सुशीला मल्ल, सचिवमा लक्ष्मी बस्नेत, कोषाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ भने सदस्यहरूमा राजेन्द्र महर्जन, निर्मला रावल, माधुरी वैद्य , मिना काफ्ले र अधिकारी, अम्बिका खत्री र तिमल्सिना, ललिता न्यौपाने र अर्चना खत्री र श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?