६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

नागरिक पोष्ट

शनिबार, १३ आश्विन २०८०

5654 views

5654 views

काठमाडौँ  । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ ।

गएराति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।

यसैगरी, ६१५ मत सहित उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन् । सचिवमा १ मत बढी प्नाप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भए । पूर्व वरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।

दुई उपसचिवमा प्रेमकुमार महर्जन र भक्त कुमारी लामा विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

साथै, लेखा आयोग अध्यक्षमा श्याम कृष्ण श्रेष्ठ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?